धरानको ग्यारेजमा आगलागी: ६ वटा बसमा क्षति

Share this
822shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २७, बुधबार ११:५७

धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरी राखिएका ६ वटा यात्रुबाहक बसमा मंगलबार राति भीषण आगलागी भएको छ। आगलागीबाट तीनवटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीनवटामा आंशिक क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काका अनुसार आगलागीबाट को १ ख ६२७४ नम्बरको कृष्ण बस, प्र १–०१–००१ ख ४०३७ नम्बरको कन्काई यातायात र बा ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्। यस्तै, को १ ख ३८४७ नम्बरको सुपर मादेन, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले बसको वायरिङमा ‘सर्ट सर्किट’ भएर आगो लागेको देखाएको छ। ‘सीसीटिभी फुटेज जाँच गर्दा कुनै शंकास्पद गतिविधि देखिएको छैन,’ डीएसपी खड्काले भने, ‘बसकै प्राविधिक गडबडीका कारण आगलागी भएको हाम्रो अनुमान छ। यद्यपि, थप अनुसन्धान भइरहेको छ।’

प्रहरीका अनुसार आगलागीको सुरुवात विराटनगर–धरान रुटमा चल्ने को १ ख ६२७४ नम्बरको कृष्ण बसबाट भएको थियो। रोचक कुरा के छ भने, सोही बसमा एक महिनाअघि पनि गुडिरहेकै अवस्थामा आगलागी भएको थियो। उक्त बस मंगलबार राति करिब ९ बजे पार्किङका लागि ग्यारेजमा छिरेको र त्यसको आधा घण्टापछि नै आगो सल्किएको देखिएको छ।

राति १० बजे जानकारी पाएलगत्तै पुगेको प्रहरी र दमकलको टोलीले आगो नियन्त्रणमा लिएको थियो। समयमै आगो नियन्त्रणमा लिइएकाले ग्यारेजमा रहेका अन्य सवारीसाधन र भौतिक संरचनामा थप क्षति हुनबाट जोगिएको छ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.