विराटनगरको न्यूरो अस्पतालसँग सम्झौता

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ३०, शनिबार ०६:१५

विराटनगर । विराटनगरको न्यूरो अस्पतालसँग मोरङ समाज काठमाडौंले स्वास्थ्य उपचार सेवाका लागि सम्झौता गरेको छ ।

विराटनगरस्थित अस्पताल परिसरमा शुक्रबार दुवै पक्षबीच दुई वर्षका लागि स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार अस्पतालले समाजसँग आबद्ध सदस्यहरुलाई स्वास्थ्य उपचार सेवामा सहुलियत प्रदान गर्नेछ ।

Advertisement

मोरङ समाजका अध्यक्ष ओम मास्केले अस्पतालले विभिन्न स्वास्थ्य सेवामा १५ देखि २० प्रतिशतसम्म सहुलियत दिने बताए । उनका अनुसार अस्पतालले उपचारका क्रममा समाजमा आबद्ध सदस्य र उनीहरुका परिवारका सदस्यलाई विशेष प्राथमिकताका साथ छुट दिने छ ।

समाजमा आबद्ध सदस्यले २० र उनीहरुका परिवारका सदस्यले १५ प्रतिशत उपचार सेवामा सहुलियत पाउने अध्यक्ष मास्केले जानकारी दिए । न्यूरो अस्पतालले यसअघिदेखि नै उपचारमा विभिन्न छुटहरु दिइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×