डेंगी संक्रमण बढ्दो, झापामा सबैभन्दा धेरै संक्रमित

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार ०९:२१

विराटनगर । कोशी प्रदेशमा डेंगी संक्रमणको दर बढ्दै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका १३ जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।

जनस्वास्थ्य अधिकृत स्मृति लुइँटेलले अनुसार सन् २०२६ सेप्टेम्बर १९ सम्म कोशी प्रदेशमा ७९३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमित झापामा देखिएका छन् ।

Advertisement

झापामा मात्रै २२८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने सुनसरीमा २०३ जना संक्रमित भएका छन् । यस्तै, ओखलढुंगामा १२२, खोटाङमा ८२, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २०, संखुवासभामा १८, धनकुटामा ४, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

सोही अवधिमा विभिन्न जिल्लामा डेंगी संक्रमणका ५१ जना सम्भावित तथा २ जना शंकास्पद बिरामी अस्पतालमा रहेको लुइँटेलले जानकारी दिइन् ।

डेंगीको जोखिम बढ्दै गएपछि लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने, पानी जम्न नदिने तथा संक्रमण रोकथामसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×