
झापा । झापाका सबै स्थानीय तहमा जापनिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सोमबार (आज) देखि सुरु भएको छ।
अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई जापनिज इन्सेफलाइटिसविरुद्धको खोप लगाइने छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार झापामा अभियानका लागि ४ लाख ८५ हजार जनालाई लक्षित गरिएको छ।
हालसम्म झापामा जापनिज इन्सेफलाइटिसबाट १३ जना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयले लक्षित समूहका सबैलाई नजिकको स्वास्थ्य संस्था वा तोकिएको खोप केन्द्रमा पुगेर खोप लगाउन आग्रह गरेको छ ।
यस्तै, लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने तथा घर वरिपरि पानी जम्न नदिने जस्ता सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।



















