
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ २० सिटका लागि सांसदहरूको नाम टुङ्गो लगाएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट क्लस्टर मिलाएर २० जनाको नामावली निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार कुल २० सिटमध्ये समावेशी सिद्धान्त र संवैधानिक व्यवस्थाअनुसार १५ जना महिला र ५ जना पुरुषलाई सांसदका लागि सिफारिस गरिएको छ ।
आदिवासी जनजातिबाट ६ र खस आर्यबाट ६ जनाको नाम छनोट गरेको छ । यस्तै थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्र गरी अन्य क्लस्टरबाट ८ जना समेटिएका छन् ।

























