
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बेलका नगरपालिका–२ स्थित गिदेरी खोलाको सडकमा बानडाँडाबाट गिदेरीतर्फ खेत जोत्न जाँदै गरेको प्रदेश १–०४९–०१ त १३३२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा चालक सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्याक्टर अनियन्त्रित भई सडकमा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक चन्द्रवंशीको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।























