मसुरोको विषयमा विवाद हुँदा महिलाको हत्या, छोरा घाइते

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ३, मंगलबार ११:५४
सांकेतिक तस्बिर

कोहलपुर। बाँकेको बैजनाथ गाउँपालिका–५ छमनियामा खेतको मसुरोको विषयमा विवाद हुँदा एक महिलाको विभत्स हत्या भएको छ। स्थानीय सीताराम थारुले छिमेकी ५१ वर्षीया भगवनी थारुको हत्या गरेका हुन्।

प्रहरीका अनुसार मंगलबार बिहान करिब सवा १० बजे ५५ वर्षीय सीताराम र भगवनीबीच खेतमा लगाएको मसुरोको विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा सीतारामले सुरुमा भगवनीको फुसले छाएको घरमा आगो लगाइदिएका थिए।

त्यसपछि घरबाट करिब १०० मिटर दक्षिणमा रहेको बारीमा पुगेर उनले भगवनीमाथि धारिलो हतियार (हँसिया) प्रहार गरे। हँसिया प्रहारबाट भगवनीको घटनास्थलमै मृत्यु भएको छ।

आक्रमणका क्रममा आमालाई बचाउन पुगेका ३५ वर्षीय छोरा अर्जुन थारु समेत घाइते भएका छन्। उनको निधारमा चोट लागेको छ। घाइते अर्जुनलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी बिट न्यु सिटी, प्रहरी बिट जि गाउँ र इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर डमरपालको कमाण्डमा १७ जनाको टोली घटनास्थल पुगेको थियो।

प्रहरीले हत्यामा संलग्न सीताराम थारुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेको छ। मृतकको शव घटनास्थलमै रहेको र मुचुल्का उठाउने लगायतका अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.