निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइँदै

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ५, बिहीबार ०९:५६

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज (बिहीबार) प्रमाणपत्र प्रदान गरिने भएको छ। निर्वाचन आयोगले प्रमाणपत्र वितरण गरेलगत्तै आजै राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणामको समग्र प्रतिवेदन बुझाउने तयारी गरेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएपछि राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरिनेछ। राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि संविधानको धारा ७६ (१) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने कानुनी बाटो खुल्नेछ।

गत फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ। समानुपातिकतर्फ पनि रास्वपाकै वर्चस्व देखिएको छ, जहाँ उसका ५७ जना सांसद निर्वाचित भएका छन्।

अन्य दलहरूको अवस्था हेर्दा नेपाली कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी जम्मा ३८ सिट जितेको छ। त्यस्तै, नेकपा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी जम्मा २५ सिट हात पारेको छ।

नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षमा ८ र समानुपातिकमा ९ गरी जम्मा १७ सांसद पाएको छ। श्रम संस्कृति पार्टी र राप्रपाले समानुपातिकतर्फ ४/४ सिट जितेका छन्। प्रत्यक्षतर्फ श्रम संस्कृतिले ३ र राप्रपाले १ सिट जितेका थिए।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.