मेचीनगरमा बाँदरको आक्रमणबाट वृद्धा घाइते

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ५, बिहीबार १२:२४

झापा । झापाको मेचीनगरमा जंगली बाँदरको आक्रमणबाट एक वृद्धा घाइते भएकी छन्। मेचीनगर–१३ चारआली चोककी ८४ वर्षीया हिमादेवी मरासिनी बाँदरको टोकाइबाट घाइते भएकी हुन्।

बुधबार बिहान करिब ७:४० बजे आफ्नै घरको कोठाभित्र पूजा गरिरहेको अवस्थामा उनलाई बाँदरले आक्रमण गरेको प्रहरीले बताएको छ। बाँदरले वृद्धाको दुवै हातमा टोकेर चोट पुर्‍याएको छ।

घाइते मरासिनीलाई तत्काल उपचारका लागि स्थानीय कार्की मेडिकल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पछिल्लो समय बस्तीमा बाँदरको आतङ्क बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.