प्रहरीको विशेष अभियान: ४ दिनमा २२६ जना पक्राउ

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २२, आइतबार १०:५७
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ

काठमाडौं। नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया र अभद्र व्यवहार जस्ता गैरकानुनी गतिविधि विरुद्ध चलाएको विशेष खोजी अभियानका क्रममा ४ दिनभित्र २२६ जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार चैत १८ देखि २१ गतेसम्म सञ्चालित अभियानका क्रममा देशका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले पक्राउ परेका सबैमाथि कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको जानकारी दिए।

प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १८ गते काठमाडौँ उपत्यकाबाट ५१ र कोशी प्रदेशबाट १८ जना पक्राउ परेका थिए। यस्तै, १९ गते कोशीबाट १, मधेसबाट ७, बागमतीबाट २३, गण्डकीबाट २ र कर्णालीबाट ११ जना नियन्त्रणमा लिइएको थियो। २० गते मधेसबाट ८, गण्डकीबाट १०, लुम्बिनीबाट ४ र सुदूरपश्चिमबाट २ जना तथा २१ गते काठमाडौँ उपत्यकाबाट मात्रै ६२ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा गुण्डागर्दीमा संलग्न, यातायात र मालपोत कार्यालयमा सर्वसाधारणलाई दुःख दिने बिचौलिया तथा सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्नेहरू छन्। प्रवक्ता काफ्लेले शान्ति सुरक्षा कायम गर्न यो अभियानलाई निरन्तरता दिइने बताए।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.