मोरङमा प्रहरीका युनिट इन्चार्जहरु परिवर्तन, २७ जनाको जिम्मेवारी हेरफेर

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २२, आइतबार १४:४३

विराटनगर । मोरङका विभिन्न युनिटमा कार्यरत जुनियर प्रहरी अधिकृतहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले एकैपटक ठूलो संख्यामा प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) र प्रहरी नायव निरीक्षक (सई)हरुको जिम्मेवारी हेरफेर गरिदिएका हुन् । त्यस क्रममा प्रहरीका विभिन्न युनिटका इन्चार्जहरु परिवर्तन भएका छन् । शुक्रबार गरिएको आन्तरिक सरुवामा पर्नेमा ४ जना वरिष्ठ सई र २३ जना सईहरु रहेछन् ।

एकैपटक २७ जनाको जिम्मेवारी हेरफेर गरिँदा १५ वटा युनिटका इन्चार्ज परिवर्तन भएका छन् । इन्चार्ज परिवर्तन हुनेमा इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयदेखि प्रहरी चौकीसम्मका युनिटहरु छन् । एक ठाउँमा ६ महिनाभन्दा बढी बसेका जुनियर प्रहरी अधिकृतहरुको जिम्मेवारी हेरफेर गरिएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेले बताए ।

जिल्ला प्रहरी कार्यालय (जिप्रका) मोरङमा कार्यरत वरिष्ठ सईहरु चन्द्रशेखर शिवाकोटीलाई इलाका प्रहरी कार्यालय (इप्रका) नेमुवा र भीमबहादुर खड्कालाई इप्रका रानी सीमाको इन्चार्ज बनाएर पठाइएको छ । इप्रका केराबारीका इन्चार्ज, वरिष्ठ सई मनोज अधिकारीको जिप्रका र प्रहरी चौकी (प्रचौ) कर्सियाका प्रमुख वरिष्ठ सई नरेशकुमार आचार्यको इप्रका सिजुवामा सरुवा भएको छ ।

सई सुवास अधिकारीलाई जिप्रकाबाट प्रचौ कर्सिया, उज्ज्वल शाक्यलाई इप्रका पोखरियाबाट जिप्रका, सूर्यबहादुर बस्नेतलाई जिप्रकाबाट इप्रका पोखरिया, अशोक कार्कीलाई इप्रका नेमुवाबाट जिप्रका, सन्तोषकुमार निरौलालाई इप्रका रानी सीमाबाट विराटनगरको बाल सुधारगृह र रामबहादुर प्रधानलाई जिप्रकाबाट इप्रका सखरदिना सरुवा गरिएको छ ।

त्यस्तै, सईहरु सानुराम कार्कीको इप्रका सखरदिनाबाट वडा प्रहरी कार्यालय (वप्रका) विराटनगर, भुवन श्रेष्ठको वप्रका विराटनगरबाट इलाका प्रहरी कार्यालय केराबारी, अनिल भुजेलको जिप्रकाबाट इप्रका डोरिया, विष्णुबहादुर राउतको इप्रका डोरियाबाट इप्रका लेटाङ, सदानन्दकुमार यादवको इप्रका लेटाङबाट प्रचौ रमाइलो र नीलमणि पोखरेलको प्रचौ रमाइलोबाट इप्रका रानी सरुवा भएको छ ।

अन्य सईहरु नित्यानन्द मेहतालाई जिप्रकाबाट प्रचौ कटहरी, भीमकुमार धमलालाई प्रचौ कटहरीबाट जिप्रका, तुलामणि आचार्यलाई जिप्रकाबाट वप्रका हाटखोला, मोहनविक्रम कार्कीलाई वप्रका हाटखोलाबाट जिप्रका, चन्द्रकुवेर अधिकारीलाई बाल सुधारगृहबाट इप्रका मधुमल्ला र भीमबहादुर भुजेललाई इप्रका मधुमल्लाबाट जिप्रका सरुवा गरिएको छ ।

यसैबीच, सईहरु विजय श्रेष्ठको जिप्रकाबाट प्रचौ गछिया, गणेश दाहालको प्रचौ गछियाबाट जिप्रका, महिन्द्रबहादुर कार्कीको इप्रका लेटाङबाट जिप्रका, राजकुमार थापाको जिप्रकाबाट इप्रका दोहमना र भरतबहादुर भण्डारीको इप्रका दोहमनाबाट जिप्रका मोरङमा सरुवा भएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.