‘बले’ अभद्र व्यवहारको कसुरमा पक्राउ, बलात्कारको हल्ला भ्रम मात्र

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २३, सोमबार १६:०३

काठमाडौँ। काठमाडौँ प्रहरीले कलाकार सागर लम्साल ‘बले’लाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। सामाजिक सञ्जालमा उनीमाथि बलात्कारको आरोप लागेको भन्ने हल्ला फैलिएपछि प्रहरीले त्यसको पूर्ण रूपमा खण्डन गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार विज्ञप्ति जारी गर्दै लम्साललाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखिएको जानकारी दिएको छ। विभिन्न सामाजिक सञ्जाल र केही माध्यमबाट फैलाइएका अप्रमाणित तथा भ्रामक सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले यस्ता भ्रम नफैलाउन आग्रह गरेको छ।

प्रहरीका अनुसार लम्सालविरुद्ध अभद्र व्यवहारसम्बन्धी उजुरी परेकाले सोही आधारमा मात्र अनुसन्धान भइरहेको हो। प्रवक्ता एसपी पवनकुमार भट्टराईले बलात्कारसम्बन्धी कुनै उजुरी दर्ता नभएको स्पष्ट पारेका छन्। प्रहरीले घटनाबारे विस्तृत विवरण नखुलाए पनि अनुसन्धान जारी रहेकाले आधिकारिक सूचनामा मात्र विश्वास गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.