
काठमाडौं । सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ ।
आफ्नै कार्यालयमा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवमाथि कुटपिट र अभद्र व्यवहार गरेको आरोपमा उजुरी परेपछि पक्राउ पुर्जी जारी भएको हो ।
पीडित रामशरणले मेयर यादवलाई प्रतिवादी बनाएर दिएको जाहेरी दर्ता गरी जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्ला अदालतबाट पक्राउ अनुमति माग गरेको थियो । अभद्र व्यवहारमा मुद्दा दर्ता गराएका यादव भने अहिले सम्पर्कविहीन रहेको प्रहरीले जानकारी दिएको छ ।
कुटपिट गरेको घटनामा कारबाहीको माग गर्दै नगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
मेयर यादवले चैत २३ गते सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा गालीगलौज गर्दै लात्ती र मुक्का हानेको कार्यालय सहयोगी रामशरणले गुनासो थियो ।

























