सडक सुरक्षाका लागि विराटनगरमा प्रदेशस्तरीय कार्यशाला सुरु

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २६, बिहीबार २२:५५
सडक सुरक्षाका लागि विराटनगरमा प्रदेशस्तरीय कार्यशाला सुरु

विराटनगर । कोशी प्रदेशमा सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित सडक पूर्वाधार निर्माणको उद्देश्यका साथ दुई दिने ‘प्रदेशस्तरीय सडक सुरक्षा कार्यशाला’ विराटनगरमा सुरु भएको छ ।

प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यशाला गरिएको हो । उक्त कार्यक्रममा सडक पूर्वाधारको सुरक्षा र ट्राफिक व्यवस्थापनबारे छलफल भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवारले कार्यशालाको उद्‌घाटन गर्दै सडक सुरक्षा केवल ट्राफिक प्रहरीको मात्र नभई इन्जिनियरिङ र जनचेतनासँग जोडिएको साझा जिम्मेवारी भएको बताए । उनले अबका सडक योजनाहरू सुरक्षा केन्द्रित हुने प्रस्ट्याए ।

कार्यशालाको पहिलो दिन कार्यशालामा इन्जिनियरहरू र ट्राफिक प्रहरीले सडकको अवस्था र दुर्घटना न्यूनीकरणका उपायबारे कार्यपत्र प्रस्तुत गरेका छन् ।

सडकको प्राविधिक डिजाइन, ट्राफिक नियमको पालना र जोखिमपूर्ण ‘ब्ल्याक स्पट’ पहिचान गरी सुधार गर्ने विषयमा विज्ञबीच विस्तृत छलफल भएको छ । कार्यक्रममा मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख र इन्जिनियरहरूको सहभागिता रहेको छ । दुई दिने कार्यशाला आइतबार निष्कर्ष निकाल्दै समापन हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.