मोरङबाट जाफर आलम पक्राउ, के थियो अपराध ?

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २७, शुक्रबार १२:२२
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । अदालतको फैसला कार्यान्वयनमा सक्रिय रहेको मोरङ प्रहरीले लामो समयदेखि फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

दुईवटा फरक–फरक नकबजनी चोरी मुद्दामा दोषी ठहर भई एक वर्ष अघिदेखि फरार रहेका सुनवर्षी नगरपालिका–८ का २४ वर्षीय जाफर आलमलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार आलमलाई प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा उनकै घर वतनबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार आलमलाई २०८१ साल पुस ९ गते जिल्ला अदालत मोरङले दुवै मुद्दामा दोषी ठहर गरेको थियो । दुवै मुद्दामा समान १ वर्ष ५ महिना ६ दिनका दरले कैद सजाय सुनाएको थियो । साथै, दुवै मुद्दामा १५–१५ हजार रुपैयाँका दरले जरिबाना पनि तोकिएको थियो ।

अदालतको फैसला अनुसार आलामले २ वर्ष १० महिना १२ दिन कैद सजाय तथा ३० हजार रुपैयाँ जरिबाना भुक्तान गर्नुपर्ने हुन्छ । अदालतबाट सजाय तोकिएपछि फरार रहेका आलम लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए ।

प्रहरीले पछिल्लो समय उनलाई केन्द्रित गरेर निगरानी बढाएको थियो । पक्राउ परेका आलमलाई प्रहरीले अदालतमा बुझाएको छ । प्रहरीले पेस गरेपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारिएको जानकारी दिए । उनका अनुसार अदालतबाट दोषी ठहर भइसकेपछि पनि फरार रहने प्रवृत्तिलाई नियन्त्रण गर्न प्रहरी सक्रियता बढाइएको छ ।

‘फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन र दोषीलाई कानुनी दायरामा ल्याउन हामी निरन्तर लागिरहेका छौं । प्रतिवादीलाई पक्राउ गरी अपराध गरेर भागे पनि कानुनले छाड्दैन भन्ने सन्देश दिन चाहन्छौं,’ एसपी कटवालले भने । मोरङमा फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्दै विशेष अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

‘अपराधमा संलग्न भएर भागिरहेकाहरु कोही पनि अब उम्किन पाउने छैनन् । कानुनले दोषी ठहर गरेकालाई नियन्त्रणमा लिएर कैद एवं जरिबाना असुलमा प्रहरी केन्द्रित भएको छ,’ उनी भन्छन् । प्रहरी सक्रियताले अपराध नियन्त्रण र कानुनी शासनको प्रत्याभूति दिलाउन महत्वपूर्ण भूमिका खेल्ने एसपी कटवालको भनाइ छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.