जेनजी आन्दोलनमा भागेका प्रतिवादी विराटनगरमा पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २९, आइतबार १७:०९

विराटनगर । चोरी मुद्दाको सजाय भुक्तानका क्रममा फरार भएका एक प्रतिवादीलाई प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेको छ ।

जिल्ला अदालत सुनसरीबाट ५ महिना कैद र १० हजार रुपैयाँ जरिबानाको फैसला सुनाइएका सुनसरीको इटहरी उपमहानगरपालिका–२ का छोटु भनिने अभिषेक जैसवाललाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेले बताए । जैसवाल झुम्का कारागारमा कैद भुक्तान गरिरहेका बेला भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपेर फरार भएका थिए ।

Advertisement

उनलाई विराटनगर महानगरपालिका–८ हाटखोलामा फेला पारेर पक्राउ गरिएको जानकारी लामिछानेले दिए । पक्राउ परेका जैसवाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय भुक्तानका लागि सुनसरीस्थित झुम्का कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.