उदयपुरमा भरुवा बन्दुकसहित २ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २९, आइतबार १७:४४
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। बेलका नगरपालिका–६ स्थित वाबुङला सामुदायिक वनबाट गए राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा सोही स्थानका ४६ वर्षीय मानबहादुर राई र ४५ वर्षीय रामबहादुर तामाङ रहेका छन्।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बन्दुकसहित फेला पारेको थियो। पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.