जनप्रतिनिधिलाई विकास र सुशासनबारे नागरिकको प्रश्न 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २, बुधबार १४:२५
जनप्रतिनिधिलाई विकास र सुशासनबारे नागरिकको प्रश्न 

विराटनगर । मोरङको जहदा गाउँपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दाले विकास निर्माण र सेवा प्रवाहको अवस्थाबारे जनप्रतिनिधिहरूलाई प्रश्न गरेका पारेका छन् । गाउँपालिकाको नीति, बजेट विनियोजन र सुशासनका विविध पक्षमा नागरिकले खुलेर आफ्ना गुनासो र सुझाव राखेका हुन् ।

कार्यक्रममा सहभागी सर्वसाधारणले विशेष गरी युवा लक्षित कार्यक्रमको अभाव र सार्वजनिक जग्गाको बढ्दो अतिक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनीहरूले आगामी बजेटमा युवाहरूलाई समेट्न, सार्वजनिक जग्गा संरक्षण गर्न र न्यून रहेको पुँजीगत खर्च बढाउन माग गरे । यसका साथै, खेलाडीहरूका लागि दक्ष प्रशिक्षकको व्यवस्था, विद्यालय शिक्षाको गुणस्तरमा सुधार र सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुर्‍याउने व्यवस्था मिलाउन नागरिकको तर्फबाट जोडदार माग उठ्यो ।

Advertisement

नागरिकका प्रश्न र जिज्ञासाहरूको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साहले जनताको अपेक्षा र आवश्यकताको तुलनामा गाउँपालिकासँग स्रोतसाधन अत्यन्तै न्यून रहेको यथार्थ सुनाए । अध्यक्ष साहले भने, ‘हामीसँग काम गर्ने इच्छाशक्ति छ, तर सीमित बजेटका कारण सोचे जति विकासका काम अघि बढाउन कठिन भइरहेको छ ।’

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन र प्रमुख प्रशासकीय अधिकृत रोशनकुमार गुप्ताले बजेटको ठूलो हिस्सा प्रशासनिक काममै खर्च हुने गरेको जानकारी दिए । ६५ करोड रुपैयाँको कुल बजेटमध्ये ४० करोड रुपैयाँभन्दा बढी रकम तलब र भत्तामै खर्च हुने गरेको उनीहरूको भनाइ छ ।

पुँजीगत खर्च कम हुनुको कारण प्रस्ट्याउँदै उनीहरूले भदौमा भएको ‘जेनजी’ आन्दोलन र फागुन २१ को निर्वाचन जस्ता राजनीतिक घटनाक्रमले केही समय काममा अवरोध पुर्‍याएको बताए । यद्यपि, खेलकुदका कार्यक्रमहरू निरन्तर भइरहेको र बजेटमा युवा लक्षित कार्यक्रमहरूलाई पनि प्राथमिकतामा राखिएको दाबी जनप्रतिनिधिहरूले गरे ।

सीमित स्रोतका बाबजुद नागरिकका जायज मागहरूलाई क्रमशः सम्बोधन गर्दै जाने र गाउँपालिकाको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धताका व्यक्त गरेका थिए । सार्वजनिक सुनुवाइले जनप्रतिनिधि र जनताबीचको संवादलाई थप पारदर्शी बनाएको स्थानीयको बुझाइ छ ।

तपाइको प्रतिक्रिया
पार्टी पुनर्गठन होइन, पुनर्जागरण : ओली
जेनजीका माग सम्बोधन गर्न ‘समर्पित संयन्त्र’ मार्फत काम अघि बढाइने
इरान आर्थिक, सामाजिक र राजनीतिक रूपमा धराशायी हुँदैछ : ट्रम्प
सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
जिल्ला अदालतका आदेश अब सोही दिन विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने
किसानलाई दूधको बाँकी भुक्तानी तत्काल तिर्न सर्वोच्चको परमादेश
बलात्कारका घटना रोक्न कडा कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्न सांसदहरूको माग
१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी
प्रतिनिधिसभाबाट चार विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित
नेपाल ‘ए’ को पहिलो जित, होबार्ट हुरिकेन्स ३९ रनले पराजित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×