विराटनगर आँखा अस्पतालमा ‘डिजिटल ट्रेनिङ हब’ को सुरुवात 

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार १८:२६
विराटनगर आँखा अस्पतालमा ‘डिजिटल ट्रेनिङ हब’ को सुरुवात 

विराटनगर । नेपालको आँखा स्वास्थ्य उपचारमा अग्रणी मानिने विराटनगर आँखा अस्पतालले चिकित्सा क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगलाई आत्मसात् गर्दै ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालनमा ल्याएको छ । चिकित्सकहरूको व्यावसायिक क्षमता विकास, नवप्रवर्तन र अत्याधुनिक प्रविधिमा पहुँच पुर्‍याउने उद्देश्यले यो हबको सुरुवात गरिएको हो ।

नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित यस अस्पतालले भविष्यमा आँखा स्वास्थ्यका क्षेत्रमा थप दक्ष, सीपयुक्त र अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ । यस डिजिटल हबले गुणस्तरीय सेवा विस्तारमा कोसेढुंगा साबित हुने विश्वास गरिएको छ ।

Advertisement

तालिम हबको उद्‌घाटन गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव चुनौतीपूर्ण रहेको बताए । उनले विराटनगर आँखा अस्पतालले सुरु गरेको यो डिजिटल ट्रेनिङ हबले मुलुकको स्वास्थ्य रणनीति ‘भिजन २०३०’ लाई सफल बनाउन ठुलो सहयोग पुर्‍याउने छ । प्रविधिमैत्री जनशक्तिले नै स्वास्थ्य क्षेत्रको भविष्य सुनिश्चित गर्छ ।’

यस नवनिर्मित डिजिटल हबमा एक पटकमा १५ देखि २० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विशिष्टीकृत तालिम प्राप्त गर्न सक्ने अस्पताल प्रशासनले जनाएको छ । यहाँ भर्चुअल र डिजिटल माध्यमबाट नवीनतम शल्यक्रिया विधि र उपचार पद्धतिका बारेमा निरन्तर क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ ।

अस्पताल कोशी प्रदेशको मात्र नभई मधेस प्रदेश र छिमेकी राष्ट्र भारतका बिरामीहरूका लागि पनि भरपर्दो उपचार केन्द्र बनेको छ । अस्पतालको सेवा प्रवाहको तथ्यांक निकै उत्साहजनक छ । सन् २०२५ को अवधिमा ८ लाख ८ हजार ३ सय ६४ जनाको आँखा परीक्षण गरेको छ ।

८२ हजार ३ सय ४८ जनाको सफल शल्यक्रिया गरी दृष्टि प्रदान गरेको अस्पताल प्रशासनले जनाएको छ । यस डिजिटल ट्रेनिङ हबको स्थापनासँगै अस्पतालले केवल उपचारमा मात्र नभई शिक्षण र अनुसन्धानमा पनि आफूलाई दक्षिण एसियाकै एक उत्कृष्ट केन्द्रको रूपमा स्थापित गर्ने योजना बनाएको छ । डिजिटल प्रविधिमार्फत विश्वभरका विशेषज्ञहरूसँग जोडिएर अनुभव आदानप्रदान गर्न यसले सहज बनाउने अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
प्रस्तावित कानुन आयोग विधेयकप्रति बारको आपत्ति, स्वायत्तता कमजोर हुने दाबी
इटहरीमा सीप तथा रोजगार मेला, ६५ स्टलबाट रोजगारीको अवसर
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न आग्रह
जलवायु संकटको जोखिम नेपालको विपद्ले पुष्टि गरेको छः राष्ट्रसंघ महासचिव गुटरेस
सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली
इलाममा ट्रकको ‘फल्स बटम’ भित्र लुकाइएको १५ सय किलो गाँजा बरामद
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
महिला आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
बिरामी बोक्ने एम्बुलेन्समा ४५० किलो गाँजा, इटहरीको पानीपिया जंगलमा छाडेर भागे चालक
प्रविधिमैत्री तरकारीखेतीमा जोड दिँदै भोजपुरको हतुवागढी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×