रिफाइनरी उद्योगमा आगलागी 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ४, शुक्रबार ०९:०३

जनकपुर । धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरस्थित जनकपुर रिफाइनरीमा गए राति भीषण आगलागी भएको छ ।आगलागीबाट उद्योगमा करिब १५ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताका अनुसार आगलागीका कारण उद्योगमा जडान गरिएका बहुमूल्य स्टिम र थर्मोफुल मेसिनहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।

Advertisement

आगलागी सुरु भए लगत्तै जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट ५ वटा वारुणयन्त्र घटनास्थल पुगेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयको प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण र विस्तृत विवरण संकलन गर्न अझै केही दिन लाग्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.