इराकबाहेक अन्य १२ देशका लागि पुनः श्रम स्वीकृति खुला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार २०:४०
इराकबाहेक अन्य १२ देशका लागि पुनः श्रम स्वीकृति खुला

काठमाडौं । सरकारले इराकबाहेकका अन्य खाडी तथा मध्यपूर्वी देशहरूका लागि श्रम स्वीकृति पुनः खुला गर्ने निर्णय गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको मन्त्रिस्तरीय बैठकले गत फागुन १७ गतेदेखि अस्थायी रूपमा स्थगित गरिएको श्रम स्वीकृतिलाई सुचारु गर्ने निर्णय गरेको हो।

वैदेशिक रोजगार विभागका अनुसार अब साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलका लागि श्रम स्वीकृति प्रदान गरिने छ। यद्यपि, इराकका लागि भने हाललाई श्रम स्वीकृति खुला गरिएको छैन ।
इराकबाहेकका अन्य देशहरूको हकमा सबै प्रकारका श्रम स्वीकृतिहरू (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा हुने गरी खुला गरिएको विभागले जनाएको छ।

Advertisement

विगत केही समयदेखि ती देशहरूको सुरक्षा र अन्य परिस्थितिका कारण श्रम स्वीकृति रोकिएकोमा, पछिल्लो अवस्थाको समीक्षा गर्दै सरकारले पुनः वैदेशिक रोजगारीको बाटो सहज बनाएको हो । यस निर्णयसँगै ती देशहरूमा रोजगारीका लागि जान चाहने नेपाली कामदारहरूलाई ठुलो राहत मिलेको छ ।

तपाइको प्रतिक्रिया
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो ह्विप
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
सुनको मूल्यमा भारी वृद्धि 
सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढ्यो
अस्पतालको एनआईसीयूमा आगलागी, तीन नवजात शिशुको मृत्यु
अधुरै छ ‘भेडेटार–रवि–राँके’ सडक
‘हिन्दूविरोधी’ देखाउन पुराना अभिव्यक्ति प्रचार गरिएको बाबुराम भट्टराई सचिवालयको आरोप
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा पनि दबाब
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
गण्डकी प्रदेशको भ्रमण सकेर काठमाडौं फर्किँदै, प्रधानमन्त्री शाह
बागमतीका मुख्यमन्त्री थापामगरले विश्वासको मत लिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×