
काठमाडौं । इरानसँगको युद्धविरामको म्याद थप गर्ने अमेरिकाको घोषणालाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले स्वागत गरेका छन्।
महासचिव गरटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको म्याद थप गर्दा इरान र अमेरिकाबीच कूटनीति विश्वास निर्माणका लागि महत्वपूर्ण स्थान सिर्जना गर्ने बताएका छन्।
उनले सम्बन्धित पक्षलाई युद्धविरामको म्याद थप गरी युद्धविरामलाई कमजोर पार्न सक्ने कार्यबाट टाढा रहन र स्थायी समाधानमा पुग्न रचनात्मक वार्तामा संलग्न हुन प्रोत्साहित गरेका छन्।



















