न्याय सम्पादनलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १२, शनिबार १८:२८

विराटनगर । न्याय प्रणालीमा रहेका व्यावहारिक जटिलताहरूलाई हटाउँदै न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । शनिबार विराटनगरमा आयोजित ‘न्यायिक काम कारबाहीको प्रभावकारिता अभिवृद्धिमा न्याय क्षेत्र समन्वय समितिहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागीहरूले म्याद तामेलीमा ढिलाइ हुने, बैकिङ कसुरका मुद्दामा प्रतिवादी विना नै मुद्दा दर्ता गर्ने, नापी र मालपोत कार्यालयले समयमा नै काम नगर्दा न्याय सम्पादनमा ढिलाइ हुने गुनासो गरेका थिए ।

Advertisement

न्याय क्षेत्र समन्वय केन्द्रीय समिति संयोजक एवं सर्वोच्च अदालतकी न्यायाधीश सारङ्गा सुवेदीले राज्यका सबै निकाय र नागरिक समाजबीचको सहकार्यले मात्रै न्याय सम्पादनलाई प्रभावकारी बनाउन सकिने बताइन् । ‘ अदालतप्रतिको आस्था जोगाउन न्याय सम्पादनलाई प्रभावकारी बनाउनु पर्छ,’ उनले भनिन्,‘हामीले गर्ने काम र निर्णयमा संवेदनशीलता आवश्यक छ, र यो संवेदनशीलता सबै पक्षबाट अपेक्षित हुन्छ ।’ उनले जुडिसियरीको योजना, नियमावली संशोधन र समन्वयमार्फत समस्या समाधान गरिने बताउँदै उनले भनिन्,‘हामी जादुको छडी जस्तो एकै दिनमा सबै परिवर्तन गर्न त सक्दैनौँ, तर निरन्तर सुधारको प्रक्रियामा छौँ,’

नागरिक समाजका प्रतिनिधिहरूले महिला र बालबालिकाका मुद्दामा पीडित केन्द्रित दृष्टिकोण अपनाउन सुझाव दिएका छन् । निःशुल्क कानुनी सहायताको पहुँच सर्वसाधारणसम्म पुर्‍याउनुपर्ने, मुद्दाको ढिलासुस्ती हटाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजन भट्टराईले न्याय क्षेत्र संवेदनशील भएकाले सबै पक्षको समन्वयमा मात्रै न्याय प्राप्तिको लक्ष्य सहज हुने बताए । मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कटेलले न्याय क्षेत्रका समस्या समाधानका लागि सबै निकायले आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोडम दिए । जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाबहादुर भुषालले न्यायीक स्वायत्तता र प्रशासनिक सक्रियताबीच सन्तुलन मिलाउन आवश्यक रहेको बताए ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना, तीन जना घाइते
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
भारतीय सेना प्रमुख आउँदै, मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
जनकपुरधाममा झुलनोत्सवको उल्लास
२ अर्ब ६४ करोडको अलैंची निर्यात, विश्वबजारमा ब्रान्डिङको चुनौती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.