झापामा चट्याङले १ जना घाइते, चौपाया मरे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १३, आइतबार १४:४९
प्रतीकात्मक तस्बिर

विराटनगर । झापाका छुट्टाछुट्टै स्थानमा आइतबार चट्याङ लाग्दा एक जना घाइते भएका छन् भने पशुचौपाया मरेका छन्।

मेचीनगर नगरपालिका–१ जिर्मलेमा दिउँसो साढे १२ बजेतिर स्थानीय माधव रिसालको घरको मिटर बक्समा चट्याङ लाग्दा ३८ वर्षीय रिसाल घाइते भएका छन्। पानीसँगै परेको चट्याङ लागेर उनको टाउको र आँखामा चोट लागेको छ। घाइते रिसालको अवस्था सामान्य रहेको र उनलाई उपचारका लागि काँकडभिट्टास्थित दीप ज्योति आँखा अस्पताल पठाइएको छ।

चट्याङबाट रिसालको घरको मिटर बक्समा क्षति पुगेको छ भने सोही घर नजिकै रहेको एम राईको खोरमा एउटा माउ सुँगुर मरेको छ। सुँगुर मर्दा करिब ३५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

यसैगरी झापाकै गौरीगञ्ज गाउँपालिका–२ आपगाछीमा बिहान ८ बजेतिर चट्याङ लागेर एक गाई मरेको छ। स्थानीय ५२ वर्षीय पलानु राजवंशीको गाई विरीलाल राजवंशीको खेतबारीमा बाँधिएको अवस्थामा चट्याङ लागेर मरेको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.