सर्वोच्चले भन्यो, ‘लाइसेन्सको नतिजामा नागरिकता नम्बर हटाउनू’ (पूर्णपाठसहित)

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख २२, मंगलबार १८:५३
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षाफल सार्वजनिक गर्दा अबदेखि परीक्षार्थीको नागरिकता नम्बर अनिवार्य रूपमा हटाउनुपर्ने परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले नागरिकता नम्बर जस्तो संवेदनशील व्यक्तिगत विवरण सार्वजनिक गर्नु गोपनीयताको मौलिक हकको उल्लंघन हुने ठहर गर्दै यस्तो आदेश दिएको हो । अदालतले संविधानको धारा २८ लाई मुख्य आधार बनाएको छ । जसले व्यक्तिको गोपनीयता अनतिक्रम्य हुने व्यवस्था गरेको छ ।

 

नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थी विवेक चौधरीले यातायात व्यवस्था कार्यालयहरूबाट परीक्षाफल प्रकाशन गर्दा नाम र रोल नम्बरका साथै नागरिकता नम्बरसमेत सार्वजनिक गर्ने अभ्यासविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उनले यस्तो अभ्यासले व्यक्तिगत गोपनीयता भंग हुने मात्र नभई साइबर ठगी र दुरुपयोगको जोखिम पनि बढाउने तर्क गरेका थिए ।

सर्वोच्च अदालतले फैसलामा भनिएको छ, ‘परीक्षाफल सार्वजनिक गर्दा पहिचानका लागि नाम र रोल नम्बर नै पर्याप्त हुन्छ ।’ एउटै नाम भएका व्यक्तिहरू छुट्याउन रोल नम्बर प्रयोग गर्न सकिने भएकाले नागरिकता नम्बर थप्नु आवश्यक नभएको सर्वोच्चको निष्कर्ष छ । आवश्यकताभन्दा बढी व्यक्तिगत विवरण सार्वजनिक गर्नु राज्य निकायको अधिकारभित्र नपर्ने व्याख्या गरिएको छ ।

सरकारी पक्षले भने प्रणालीगत ढाँचा र पारदर्शिताका कारण नागरिकता नम्बर राखिएको दाबी गरेको थियो । तर, सर्वोच्चले ‘सफ्टवेयर वा प्रणालीको संरचना कानुनभन्दा माथि हुन सक्दैन’ भन्दै कानुनी आधारबिना व्यक्तिगत विवरण सार्वजनिक गर्न पाइँदैन भन्ने स्पष्ट गरेको छ ।

फैसलामा वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को दफा २ (ग) लाई उद्धृत गर्दै नागरिकता नम्बरलाई व्यक्तिगत सूचना भनी व्याख्या गरिएको छ । यस्तो सूचना व्यक्तिको अनुमति वा कानुनले स्पष्ट रूपमा अनुमति दिएको अवस्थामा बाहेक सार्वजनिक गर्न नपाइने प्रावधान पनि अदालतले स्मरण गराएको छ ।

अदालतले अन्तर्राष्ट्रिय नजिरहरूलाई समेत आधार बनाउँदै डेटा संरक्षणको आधुनिक अवधारणामा जोड दिएको छ । युरोपेली संघको जीडीपीआर र भारतको सर्वोच्च अदालतको पुट्टास्वामी मुद्दामा स्थापित गोपनीयता सम्बन्धी सिद्धान्तलाई उल्लेख गर्दै व्यक्तिगत डेटा संरक्षण राज्यको दायित्व भएको सर्वोच्च अदालतको भनाइ छ ।

यस फैसलासँगै अब देशभरका यातायात व्यवस्था कार्यालयहरूले लाइसेन्स परीक्षाफल प्रकाशन गर्दा नाम र रोल नम्बर मात्र सार्वजनिक गर्नुपर्नेछ । नागरिकता नम्बर लगायतका संवेदनशील विवरण प्रयोग गर्न वा सार्वजनिक गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

फैसलाले सरकारी निकायहरूले सार्वजनिक सूचनाको नाममा व्यक्तिको निजी विवरण जथाभावी सार्वजनिक गर्ने अभ्यासमा कानुनी सीमारेखा कोरेको छ । व्यक्तिगत गोपनीयता र सरकारी पारदर्शिताबीचको सन्तुलनलाई यसले अझ स्पष्ट बनाएको कानुन व्यवसायीहरु बताउँछन् ।

यस्तो छ पूर्णपाठ

तपाइको प्रतिक्रिया
 
चक्कु प्रहारबाट एक जना घाइते, एक जना पक्राउ
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
दसैँ मनाएर काठमाडौं फर्किने बढे, उपत्यका भित्रिने नाकामा सवारी चाप
युरोपमा गर्मीका कारण १५ हजारको मृत्यु
चीनमा ग्लोबल गभर्नेन्स फोरममा सम्बोधन गर्दै विद्यादेवी भण्डारी
आदिनाथ मन्दिरमा एक महिने मेला कात्तिक ९ देखि, दुई लाख भक्तजन आउने अनुमान
नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकियो : अर्थमन्त्री वाग्ले
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट खेल्ने
साउदीमा विद्रोहीको आक्रमणप्रति राष्ट्रसंघको चिन्ता
म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×