खोलामा डुबेर बेलबारीमा बालकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार १०:३४

विराटनगर। मोरङको बेलबारीमा खोलामा नुहाउने क्रममा डुबेर १ जना बालकको ज्यान गएको छ। मोरङकै सुन्दरहरैचा नगरपालिका-११ बेलेपुर बस्ने राजकुमार विकका ८ वर्षीय छोरा आयुष विकको शनिबार मृत्यु भएको हो।

आयुष बेलबारी नगरपालिका–३ सिमपाने चोकस्थित आफ्ना काका घनबहादुर तामाङको घरमा पाहुना आएका थिए। दिउँसो २स्३० बजेतिर कसैलाई नसोधी घर नजिकैको बेतना खोलामा नुहाउन गएका उनी अबेरसम्म फर्केर नआएपछि खोजी सुरु गरिएको थियो।

Advertisement

खोजतलास गर्ने क्रममा साँझ ५:५५ बजेतिर घरभन्दा करिब १०० मिटर दक्षिण बेतना खोलाको पानीमा उनी अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि नोबेल अस्पताल बेलबारी लगिएकोमा चिकित्सकले साँझ ६ः३० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा टोली खटिएर थप अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.