पाकिस्तानको खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण, १५ प्रहरीको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार १६:०३

पाकिस्तान। पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी आक्रमणमा परी मारिने प्रहरीको संख्या १५ पुगेको छ। बन्नु मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृतक सबै प्रहरी रहेको पुष्टि गरेका छन्।

घटनामा घाइते भएका तीन जनाको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ। यसअघि बन्नु रेन्जका प्रहरी अधिकृत सज्जाद खानको कार्यालयले फतेह खेल चौकी भवनको भग्नावशेषबाट १२ प्रहरीको शव निकालिएको र तीन जनालाई जीवितै उद्धार गरिएको जानकारी दिएको थियो।

Advertisement

‘रोयटर्स’ का अनुसार विस्फोटक पदार्थले भरिएको एउटा गाडी बन्नु सहरको बाहिरी इलाकामा रहेको प्रहरी चौकीमा ठोक्किएको थियो। विस्फोटपछि आतंककारीहरू चौकीभित्र प्रवेश गरी प्रहरीमाथि अन्धाधुन्ध गोली चलाएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.