विश्वकप छनोट: न्युजिल्यान्डमाथि इजिप्टको ३–१ को पुनरागमन जित

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार ०९:१४

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत सोमबार भएको खेलमा इजिप्टले न्युजिल्यान्डमाथि ३–१ गोल अन्तरको उत्कृष्ट पुनरागमन जित दर्ता गरेको छ।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको समूह ‘जी’ को खेलमा सुरुवाती अग्रता भने न्युजिल्यान्डले लिएको थियो। खेलको १५ औँ मिनेटमा फिन सरमनले गोल गर्दै न्युजिल्यान्डलाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको इजिप्टले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गर्दै तीन गोल फर्कायो।

इजिप्टका लागि ५८ औँ मिनेटमा मोस्तफा जिकोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसको केही बेरमै, खेलको ६७ औँ मिनेटमा स्टार स्ट्राइकर मोहम्मद सलाहले गोल गरेपछि इजिप्टले २–१ को अग्रता बनाउन सफल भयो।

खेलको अन्त्यतिर ८२ औँ मिनेटमा ट्रेजीले तेस्रो गोल गरेपछि न्युजिल्यान्ड खेलमा फर्कने सम्भावना समाप्त भएको थियो। यो जितसँगै इजिप्टले विश्वकप छनोटको यात्रामा महत्त्वपूर्ण अंक जोडेको छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×