घरेलु हिंसा पीडितलाई सहयोग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार ०८:०१

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–८ एकता टोलकी घरेलु हिंसा पीडित ४७ वर्षीया अम्बिका कार्कीलाई मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कानुनी प्रक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले कानुनी प्रक्रियाका लागि ७ हजार ५ सय रूपैयाँ आर्थिक सहयोग गनुका साथै जिल्ला अदालत मोरङमा फिरादपत्र दर्ता गराएको छ । नाबालक ११ वर्षीय छोराको संरक्षक भई आफ्नो हकमा समेत घरेलु हिंसा पीडित अम्बिका कार्कीले पति पूर्णबहादुर न्यौपानेविरुद्ध जिल्ला अदालतमा दिइएको उजुरी वैशाख २५ गते दर्ता गराइएको इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले बताए ।

Advertisement

इन्सेक कोशी प्रदेश कार्यालयमा वडा कार्यालयको सिफारिससहित पीडितले निवेदन दिएपछि इन्सेकले निःशुल्क कानुनी सहायता उपलब्ध गराएको हो । घरेलु हिंसा पीडित कार्की र न्यौपानेबीच २०५८ फागुन १५ गते सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

पति वैदेशिक रोजगारीमा गएपछि आफूसहित छोराहरूको शिक्षा, स्वास्थ्य, औषधोपचारमा वेवास्ता गरेकाले अंश चलन मुद्दा अदालतमा इन्सेकको सहयोगमार्फत दर्ता गराएको कार्कीले बताइन् । घरपरिवार र समाजका भद्र भलादमीबिच २०८३ वैशाख १० गते भएको छलफलमा पति पूर्णबहादुरले छोराहरूको पालन पोषण र पत्नीको पालन पोषण नगर्ने, अंश नदिने भनेपछि आफू इन्सेकसम्म आइपुगेको पीडितको भनाइ छ ।

अंश चलन र घरेलु हिंसा शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि पीडितमा न्याय पाउने आशा जागेको इन्सेक कोशीका प्रलेख अधिकृत पुण्य अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया
पार्टी पुनर्गठन होइन, पुनर्जागरण : ओली
जेनजीका माग सम्बोधन गर्न ‘समर्पित संयन्त्र’ मार्फत काम अघि बढाइने
इरान आर्थिक, सामाजिक र राजनीतिक रूपमा धराशायी हुँदैछ : ट्रम्प
सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
जिल्ला अदालतका आदेश अब सोही दिन विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने
किसानलाई दूधको बाँकी भुक्तानी तत्काल तिर्न सर्वोच्चको परमादेश
बलात्कारका घटना रोक्न कडा कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्न सांसदहरूको माग
१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी
प्रतिनिधिसभाबाट चार विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित
नेपाल ‘ए’ को पहिलो जित, होबार्ट हुरिकेन्स ३९ रनले पराजित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×