पुनः श्रम स्वीकृति पूर्ण स्वचालित बनाइँदै, ७ देशसँग नयाँ श्रम सम्झौताको तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार १०:२३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि दिइने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने तयारी गरेको छ। मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सचिव डा. दीपक काफ्लेले पुनः श्रम स्वीकृतिको नीतिगत प्रबन्धमा सुधार गर्ने प्रस्ताव प्राप्त भइसकेको र यसलाई एक-दुई दिनभित्रै कानुनी तथा प्राविधिक रूपमा टुङ्गोमा पुर्‍याइने बताए।

मन्त्रालयले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन सातवटा नयाँ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ। यसका लागि नेपालका तर्फबाट आवश्यक पत्राचार भइसकेको मन्त्रालयले जनाएको छ। साथै, श्रमिकको स्वास्थ्य र सुरक्षाको अवस्थाबारे अनुगमन गर्न १०० वटा व्यावसायिक फर्महरूमा ‘श्रम अडिट’ सुरु गरिएको छ।

Advertisement

कानुनी सुधारका क्षेत्रमा मन्त्रालयले पाँचवटा कानुन संशोधनको तयारी गरेको छ। ‘बालश्रम निषेध गर्ने ऐन’ लाई संशोधन गर्न प्राप्त सुझावहरू अन्तिम चरणमा पुगेका छन् भने अन्य चारवटा कानुनको मस्यौदा तयार गर्न समिति गठन गरिएको छ। स्थानीय तहका ७५३ वटै रोजगार सेवा केन्द्रलाई परिमार्जन गरी ‘सीप, रोजगार तथा उद्यम प्रवर्द्धन केन्द्र’ का रूपमा विकास गर्ने कार्यविधि समेत अन्तिम चरणमा पुगेको छ।

बैठकमा सचिव काफ्लेले सामाजिक सुरक्षा कोषमा थप ५० संस्था दर्ता गर्ने, १० हजार श्रमिकलाई आबद्ध गराउने र ८ सय जनालाई सीपमूलक तालिम दिने लक्ष्यमा तीव्रता दिन निर्देशन दिए। उनले ‘श्रमाधान कल सेन्टर’ मार्फत ५ हजार गुनासो सम्बोधन गर्ने र स्थानीय तहमार्फत १५ हजारलाई रोजगारी प्रवर्द्धन गर्ने योजना रहेको बताए।

‘पुनः श्रम स्वीकृतिलाई पूर्ण स्वचालित गर्ने कुरामा नीतिगत सुधारका प्रस्ताव मन्त्रालयमा आएका छन्, हामी त्यसलाई हेरेर छिट्टै निरूपण गर्छौँ,’ सचिव काफ्लेले भने। मन्त्रालयको वित्तीय अनुशासनका सम्बन्धमा भने सचिव काफ्लेले करिब १०३ करोड रुपैयाँ बेरुजु पुगेको भन्दै चिन्ता व्यक्त गरे। एउटै निकायमा मात्र ८० करोड रुपैयाँ र एक करोडभन्दा बढी पेस्की बेरुजु देखिनु गम्भीर विषय भएको भन्दै उनले जिम्मेवार अधिकारीहरूलाई जबाफदेही बन्न सचेत गराएका छन्।

यसैगरी, श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नेपालीहरूको उद्धारका लागि छुट्टै राष्ट्रिय कोष स्थापना गर्न प्रस्ताव गरिएको छ। मन्त्रालयले रिक्त पदपूर्ति र बोर्ड तथा समितिहरूमा पदाधिकारी मनोनयनका लागि विवरण माग गर्दै साङ्गठनिक पुनर्संरचनाको काम समेत सुरु गरिसकेको छ।

तपाइको प्रतिक्रिया
कर्मचारी समायोजनपछि प्रदेशकै कानुन लागू हुने सर्वोच्चको फैसला
अनुदानको मल कालोबजारी गर्नेलाई कारबाही गरिने
मधेसका मुख्यमन्त्री यादवले जेठ ८ गते विश्वासको मत लिने
राष्ट्रिय दलित आयोगका सदस्यद्वारा राजीनामा
बजेट तयारी : प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता
 सरकारको नीति तथा कार्यक्रम जनमोर्चाद्वारा अस्वीकार
 गुणस्तरहीन भेटिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन
गुणस्तरहीन भेटिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन
महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
पूर्वगृहमन्त्री गुरुङलाई चोख्याउन छानबिन समिति गठन गरिएको कांग्रेसको आशंका
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.