बराकाहमा ड्रोन हमला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार ०६:४०

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)को बराकाह आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएको छ । अबुधाबी सरकारी मिडियाका अनुसार क्रमणपछि केन्द्रको बाहिरी क्षेत्रमा रहेको विद्युतीय जेनेरेटरमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिइसकिएको छ ।

अधिकारीहरूले घटनामा कुनै मानवीय क्षति नभएको र आणविक सुरक्षामा असर नपरेको बताएका छन् । केन्द्रका सबै युनिट सामान्य रूपमा सञ्चालन भइरहेका छन् । रेडियोलोजिकल सुरक्षा स्तर सुरक्षित रहेको भन्दै आवश्यक सबै सावधानी अपनाइएको यूएईले जनाएको छ ।

Advertisement

यूएईले हालसम्म आक्रमण कसले गरेको हो भन्ने खुलाएको छैन । घटनापछि सुरक्षा निकायले अनुसन्धान सुरु गरेका छन् । बीबीसी न्यूज फारसीका अनुसार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायदसँग टेलिफोन संवाद गर्दै आक्रमणको कडा निन्दा गरेका छन् । घटनापछि यूएईमा संवेदनशील पूर्वाधारको सुरक्षाका बारेमा चासो बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.