सुनचाँदीको मूल्य घट्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १०, आइतबार ११:३०

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको २ हजार ८ सय रुपैयाँले घटेको हो । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ९० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य तोलाको १ सय ५ रुपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला चाँदी ५ हजार १० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदीको मूल्य तोलाको ५ हजार १ सय १५ रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.