
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ दशमलव ०८ रूपैयाँ र बिक्रीदर १५२ दशमलव ६८ रूपैयाँ तथा यूरोपियन यूरो एकको खरिददर १७७ दशमलव ०९ रूपैयाँ र बिक्रीदर १७७ दशमलव ७९ रूपैयाँ छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ दशमलव २४ रूपैयाँ र बिक्रीदर २०६ दशमलव ०५ रूपैयाँ एवं स्वीस फ्र्याङ्क एकको खरिददर १९४ दशमलव ६४ रूपैयाँ र बिक्रीदर १९५ दशमलव ४१ रूपैयाँ कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ दशमलव ०३ रूपैयाँ र बिक्रीदर रु १०९ दशमलव ४६ रूपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ११० दशमलव १० रूपैयाँ र बिक्रीदर ११० दशमलव ५४ रूपैयाँ तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११९ दशमलव ०६ रूपैयाँ र बिक्रीदर ११९ दशमलव ५३ रूपैयाँ एवं जापानी येन १० को खरिददर नौ दशमलव ५७ र बिक्रीदर नौ दशमलव ६१ रूपैयाँ निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर २२ दशमलव ४२ रूपैयाँ र बिक्रीदर २२ दशमलव ५० रूपैयाँ तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० दशमलव ५३ रूपैयाँ र बिक्रीदर ४० दशमलव ६९ रूपैयाँ तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४१ दशमलव ७२ रूपैयाँ र बिक्रीदर ४१ दशमलव ८८ रूपैयाँ एवं थाई भाट एकको खरिददर चार दशमलव ६८ रूपैयाँ र बिक्रीदर चार दशमलव ७० रूपैयाँ कायम गरिएको छ ।
संयुक्त अरब इमिरेट्स दिराम एकको खरिददर ४१ दशमलव ४० रूपैयाँ र बिक्रीदर ४१ दशमलव ५७ रूपैयाँ तथा मलेसियन रिङ्गेट एकको खरिददर ३८ दशमलव ४८ रूपैयाँ र बिक्रीदर ३८ दशमलव ६३ रूपैयाँ तोकिएको छ । दक्षिण कोरियाली वन १०० को खरिददर १० दशमलव ०४ रूपैयाँ र बिक्रीदर १० दशमलव ०८ रूपैयाँ एवं स्विडिस क्रोनर एकको खरिददर १६ दशमलव ३९ रूपैयाँ र बिक्रीदर १६ दशमलव ४६ रूपैयाँ निर्धारण गरिएको छ ।
डेनिस क्रोनर एकको खरिददर २३ दशमलव ७० रूपैयाँ र बिक्रीदर २३ दशमलव ७९ रूपैयाँ तथा हङकङ डलर एकको खरिददर १९ दशमलव ४१ रूपैयाँ र बिक्रीदर १९ दशमलव ४९ रूपैयाँ तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४९५ दशमलव ८६ रूपैयाँ र बिक्रीदर ४९७ दशमलव ८२ रूपैयाँ एवं बहराइन दिनार एकको खरिददर ४०३ दशमलव ४० र बिक्रीदर ४०४ दशमलव ९९ रूपैयाँ कायम गरिएको छ ।
ओमानी रियाल एकको खरिददर ३९५ दशमलव ०१ रूपैयाँ र बिक्रीदर ३९६ दशमलव ५७ रूपैयाँ तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
निर्धारित विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

























