अमेरिका र इरानबीच युद्धविराम उल्लंघनको आरोप

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १२:५९

एजेन्सी । मध्यपूर्वमा युद्ध सुरु भएको तीन महिनापछि अमेरिका र इरानले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । यसले युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक वार्ताका प्रयासहरू प्रभावित हुने सम्भावना बढेको छ ।

यसैबीच, इजरायलले देशको दक्षिणी क्षेत्रलाई युद्ध क्षेत्र घोषणा गरेको छ । साथै, बेरुतनजिकै आक्रमण तीव्र बनाएपछि लेबनानमा तनाव थप बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Advertisement

इरानी सरकारी प्रसारक आइआरआईबीका अनुसार, बिनाअनुमति हर्मुज जलमार्ग पार गर्न खोज्ने चारवटा जहाजमाथि इरानी सेनाले गोली चलाएको छ । इरानले युद्ध सुरु भएदेखि नै उक्त जलमार्गमा कडा निगरानी तथा आंशिक नाकाबन्दी जारी राखेको छ ।

अमेरिकी सेनाले भने होर्मुज जलमार्ग र आसपासका क्षेत्रमा पाँचवटा ड्रोन आक्रमण तथा बन्दर अब्बासको दक्षिणी बन्दरगाह क्षेत्रमा रहेको भू–नियन्त्रित स्टेशनबाट गरिएको अर्को एक आक्रमणलाई निष्क्रिय बनाएको दाबी गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले तेहरानले ‘आफ्नो राष्ट्रिय सम्प्रभुताको रक्षा गर्न सबै आवश्यक कदम चाल्ने’ बताएका छन् ।

अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था झन् जटिल बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.