
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट सरकारले पारित गरेको छ । मन्त्रिपरिषद् बैठकबाट बजेट पारित भएको हो ।
मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेस गरेका थिए । वाग्लेले पेस गरेको बजेट मन्त्रिपरिषद्ले पारित गरेको हो ।
सरकारबाट पारित भएको बजेट अब संघीय संसद्को संयुक्त बैठकमा पेस हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा केहीबेरमै अर्थमन्त्री डा. वाग्लेले बजेट प्रस्तुत गर्नेछन् ।



















