नयाँ बजेट : ११ तहको भन्सार दर ७ तहमा सिमित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १६:३१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले विभिन्न ११ तहको भन्सार दर घटाएका छन् । उनले ७ तहमा सीमित गरेका हुन् ।

आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री वाग्लेले करको सीमामा व्यापक हेरफेर गरिएको जनाएका हुन् ।

Advertisement

उनले कर पारिपालनमा दण्ड नभएर विकासको साझेदार बनाउने नीति सरकारले लिएको बताए । उनले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको घोषणासमेत गरेका छन् ।

मुलुक अहिले बृहत् आर्थिक सुधारको निर्णायक मोडमा रहेको उनले उद्घोष गरे । उनले विद्यमान विभिन्न चुनौतीलाई अवसरमा बदल्ने नै यो बजेटको उद्देश्य रहेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.