
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै निजी क्षेत्रलाई विद्युत् व्यापारमा संलग्न गराउने नीति लिइएको जानकारी दिएका हुन् । सरकारको घोषणासँगै निजी क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने भएको छ ।
त्यस्तै, सरकारले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने घोषणा पनि गरेको छ । अर्थमन्त्री वाग्लेले विदेशी मुद्रा सञ्चिति सहज अवस्थामा पुगेपछि उक्त फन्डमार्फत स्रोत परिचालन गरिने बताएका छन् ।



















