
विराटनगर । बालेन शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । सो आवमा २ सय सडक पुल निर्माण गरिनेछ ।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिनेछ । यो राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।
द्रूतमार्गको ४० पुल र ४ सुरुङ द्रूतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
हुलाकी राजमार्गलाई ४ अर्ब ६५करोड विनियोजन गरिएको छ । कर्णाली राजमार्गलाई १ अर्ब र मध्यपहाडी लोकमार्गलाई २ अर्ब १६ करोड विनियोजन गरिएको छ ।



















