प्रसारण पूर्वाधारमा ७० अर्ब

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १७:१५

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन आयोजनामा ७० अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युत् प्रसारण पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखिएको बताएका हुन् । सरकारले आगामी आवभित्र हेटौंडा–ढल्केवर प्रसारणलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

Advertisement

त्यस्तै, छिमेकी मुलुकसँग विद्युत् आदान–प्रदान सहज बनाउन अन्तरदेशीय प्रसारणलाइन विस्तारलाई पनि प्राथमिकतामा राखिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.