सुनकाे मुल्य २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ काराेबार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार ११:२५

विराटनगर । नेपाली बजारमाे सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार ५०० ले बढेको हो ।

गत शुक्रबार दुई लाख ९० हजारमा खरिद बिक्री भएको एक तोला सुनको मूल्य आज तीन लाख ११ हजार १०० कायम भएको छ ।

Advertisement

एक तोला चाँदीको मुल्य पाँच हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी पाँच हजार ४० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.