
काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधि सभामा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज सोमबार दिनको १:०० बजे बस्ने सोह्रौँ बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
अर्थ मन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि उक्त वार्षिक अनुमानमाथि सदनमा छलफल सुरु हुने सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।



















