
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । सुनको मूल्य सामान्य घट्दा चाँदीको भाउ थोरै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको २ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला ३ लाख १० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको १० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला ५ हजार ३ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य आइतबार ५ हजार ३ सय ४५ रूपैयाँ थियो ।



















