
विराटनगर । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ४ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य तोलाको ३ लाख १० हजार ९ सय थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको ५ हजार ४ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य सोमबार प्रतितोला ५ हजार ३ सय ५५ रूपैयाँ थियो ।

























