सुनको मूल्य स्थिर चाँदी सामान्य घट्यो 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार ११:३५

काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

बुधबार सुनको मूल्य मंगलबारकै दरमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला तीन लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्य अर्थात् तीन लाख ११ हजार ३ सय  रुपैयाँ नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

त्यस्तै, चाँदीको मूल्यमा प्रतितोला ३५ रुपैयाँको घटेको छ । मंगलबार प्रतितोला पाँच हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर पाँच हजार ३ सय ७० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.