सुनचाँदीमा सामान्य गिरावट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार ११:१२
  सुनको मूल्य घट्यो 

काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

बिहीबार सुनको मूल्यमा बुधबारको तुलनामा २ सय रुपैयाँ घटेको छ । बुधबार सुन तोलाको ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

त्यस्तै, चाँदीको मूल्यमा प्रतितोला ८५ रुपैयाँको घटेको छ । बुधबार प्रतितोला ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ५ हजार २ सय ८५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.