
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा तथा युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा एवं स्वीस फ्र्याङ्क एकको खरिददर १९२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९३ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २९ पैसा तथा बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ १५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६२ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा एवं थाई भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २८ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा तोकिएको छ । दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा एवं स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।
डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६१ पैसा र बिक्रीदर २३ रुपैयाँ ७० पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ९१ पैसा एवं बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।
ओमानी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
निर्धारित विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।



















