रसुवागढी भन्सारका कर्मचारी विभाग तानिए

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २३, शनिबार ११:२३

काठमाडौं । अर्थ मन्त्रालयले रसुवागढीका भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईसहित नौ कर्मचारीहरूलाई भन्सार विभाग तानेकाे छ ।

कर छलीको आशंकामा छानबिनका लागि सशस्त्र प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका बीवाइडी विद्युतीय सवारी साधनहरूमाथि अनुसन्धान जारी रहेकै बेला अर्थ मन्त्रालयले रसुवागढीका भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईसहित नौ कर्मचारीहरूलाई जिम्मेवारीमुक्त गर्दै विभाग तानेकाे हाे ।

Advertisement

भन्सार यार्डमा सवारी साधन नआईकन चीनतर्फ नै गएर गाडीको जाँचपास गराएको सूचनापछि भन्सार प्रमुख भट्टराईसहित नौ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरेर भन्सार विभाग तानिएको अर्थ मन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले जानकारी दिए ।

उनका अनुसार यस प्रकरणमा अर्थमन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित अनुसन्धान टोलीले छानबिन गरिरहेको छ  । दोषी देखिएकामाथि कारबाही गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिबद्ध रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.