तनावबीच इरानी विश्वकप टोलीलाई अमेरिका प्रवेश अनुमति

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार ०६:३२

एजेन्सी । अमेरिका र इरानबीच सैन्य तथा राजनीतिक तनाव चर्किरहेका बेला इरानको राष्ट्रिय फुटबल टोलीले सन् २०२६ को फिफा विश्वकप खेल्न अमेरिका प्रवेशका लागि भिसा पाएको छ ।

लस एन्जलसमा हुने पहिलो खेलअघि अमेरिकी प्रशासनले इरानी खेलाडीहरूको भिसा स्वीकृत गर्दै प्रवेश अनुमति दिएको हो । यसअघि मेक्सिकोका लागि इरानी राजदूत अबोलफजल पसन्दिदेहले टोलीले अमेरिकी भिसा नपाएको बताएका थिए ।

तर, पछि ह्वाइट हाउसका एक अधिकारीले भिसा स्वीकृत भएको पुष्टि गरेका छन् । टर्कीका लागि अमेरिकी राजदूत टम बाराकले पनि एक्समार्फत अमेरिकी दूतावासको टोलीलाई धन्यवाद दिँदै प्रक्रिया पूरा भएको जानकारी दिएका छन् ।

बीबीसीका अनुसार इरानी टोलीका केही प्राविधिक तथा प्रशासनिक सदस्यले भने अझै भिसा पाएका छैनन् । इरान फुटबल महासंघले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

भिसा ढिलाइ भएपछि इरानले आफ्नो प्रशिक्षण आधार अमेरिकाको एरिजोनाबाट मेक्सिकोको टिजुआनामा सारेको थियो । इरानभित्र पनि टोलीको अमेरिका बसाइ छोटो राख्नुपर्ने दबाब बढेको बताइएको छ ।

इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डसँग पहिलो खेल खेल्नेछ । त्यसपछि बेल्जियमसँग पनि त्यही सहरमा प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल सियाटलमा इजिप्टविरुद्ध हुनेछ । टोलीको नेतृत्व मुख्य प्रशिक्षक अमिर घालेनोईले गर्नेछन् ।

अलजजिराका अनुसार सन् १९३० मा विश्वकप सुरु भएयता आयोजक राष्ट्रले आफू युद्धरत रहेको देशलाई प्रतियोगितामा स्वागत गर्न लागेको यो पहिलो घटना हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्ससँग सम्बन्धित व्यक्तिहरूलाई विश्वकप प्रतिनिधिमण्डलमा सहभागी हुन नदिइने बताएका छन् ।

इरानी पक्षले विश्वकपमा सहभागितालाई ‘शान्तिको संकेत’का रूपमा प्रस्तुत गरेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×