सुनचाँदीको मूल्य घट्यो 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार ११:१५
  सुनको मूल्य घट्यो 

काठमाडौं । साताको पहिलो दिन आइतबार (आज) नेपाली बजारमा  सुनचाँदीको मूल्य घटेको छ । बजार खुलेको पहिलो दिन सुन प्रतितोलामा ८ हजार २ सय रुपैयाँले कमी आएको छ ।

साताको अन्तिम दिन शुक्रबार बजारमा सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । तर, आज मूल्य घटेर प्रतितोला ३ लाख ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

त्यस्तै, चाँदी प्रतितोला ३ सय ३५ रुपैयाँले घटेको छ । शुक्रबार बजारमा चाँदी प्रतितोलाको ५ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.