विराटनगरमा ‘सीप उत्सव २०८३’ हुँदै 

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २८, बिहीबार १७:२७

विराटनगर । उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीचको सीप अन्तरलाई कम गर्ने उद्देश्यले विराटनगरमा ‘सीप उत्सव २०८३’ आयोजना हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा आगामी जेठ ३१ गते आइतबार यो उत्सव हुन लागेको हो ।

विराटनगरस्थित संगठनको सचिवालयमा हुने यस उत्सवमा अन्तर शिक्षालय सीप प्रतियोगिता, लाइभ तालिम र वृत्ति परामर्श (करियर काउन्सेलिङ) का गतिविधिहरू सञ्चालन गरिने छन् । सोही दिन प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार यो उत्सवले तालिम प्रदायक संस्था, उद्योग प्रतिष्ठान र सरकारी निकायबीच समन्वय सुदृढ बनाउन सहयोग पुर्‍याउने छ । ‘उत्सवमार्फत आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन, रोजगारीको सुनिश्चितता र स्वदेशमै रोजगारीको सम्भावना रहेको सन्देश प्रवाह गर्ने हाम्रो लक्ष्य छ,’ अध्यक्ष राठीले भने । उनले सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

उत्सवमा सूचना प्रविधि, होटेल म्यानेजमेन्ट र अटो मोबाइल विधामा सीप प्रतियोगिता हुनेछ । यसका साथै माटोका भाँडा वर्तन बनाउने, प्लम्बिङ, इन्डस्ट्रियल अटोमेसन, सिसिटिभी जडान, थ्रिडी प्रिन्टिङ र ‘ग्रिन स्किल’ जस्ता विधामा लाइभ तालिम सञ्चालन गरिने मानव संसाधन विकास समितिका संयोजक दीपक अग्रवालले जानकारी दिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका विद्यार्थी, उद्योगी, प्राविधिक शिक्षालयका प्रतिनिधि र सरोकारवाला संघसंस्थाहरूको सहभागिता रहने छ । सीप उत्सवले प्राविधिक शिक्षालाई उद्योगमैत्री र व्यावहारिक बनाउन तथा युवाहरूलाई व्यावसायिक सीपप्रति आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा संगठनले लिएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×